काठमाडौं । पाल्पाली गीतकार, गायक तथा संगीतकार अमर भाटको ‘काँडा’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।शौभाग्य कलाकेन्द्र पाल्पाको प्रस्तुति तथा अमर भाटको आफ्नै स्वर, शब्द संगीत रहेको उक्त भिडियोको बिजय बम्डेलको निर्देशन, रामकृष्ण थापा पिते भाइ को छायांकन तथा रोशन धितालको सम्पादन रहेको छ ।
भिडियोमा बिजय बम्डेल, निशा पाण्डे, गोकुल सारु र बाल कलाकार अनुष्का आचार्यले अभियन गरेका छन् । भिडियोको छायांकन पाल्पाको प्रवास, नारनथान लगायतका सुन्दर ठाउँमा गरिएको छ । भाटले यसअघि बैगुनी निरमाया नामक लोकदोहोरी गीत सांगितीक बजारमा ल्याइसकेका छन् ।
प्रकाशित मितिः२०७५ चैत ७ बिहीबार
Comments