काठमाडौं । बलिउड स्टार सलमान खानसँग पछिल्लो समय फिल्मको लाइन लागेका छन् । रियालिटी शो ‘बिग बोस १२’ सकिएपछि उनी एउटा ठूलो प्रोजेक्ट ‘भारत’को छायांकनमा व्यस्त छन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अब सलमानले ‘भारत’ पछि अर्को एउटा सुपरहिट फिल्मको सिक्वेलमा जुट्ने छन् । खबरका अनुसार सलमान अब ‘दबंग’को तेस्रो सिक्वेलमा ज्ट्नेछन् ।
यस फिल्मका निर्माता अरबाज खानका दिएको जानकारी अनुसार अब यस फिल्मको छायांकन अप्रिलबाट हुनेछ । अरबाज खानका अनुसार यस फिल्म छायांकनका लागि लोकेसन छान्ने काम हुँदैछ । यस काम सकिने बित्तिकै यस फिल्म छायांकनका लागि जानेछ ।
खबरका अनुसार अब ‘दबंग ३’ मा सलमान फेरि प्रहरी अफिसरको भूमिकामा देखिनेछन् । यस फिल्मलाई प्रभु देवाले निर्देशन गर्ने भएका छन् । यस फिल्ममा सलमान खानको अपोजिटमा फेरि सोनाक्षी सिन्हालाई देख्न पाइनेछ ।
प्रकाशित मितिः २०७५ पुष २६ बिहिबार
Comments