काठमाडौं । नेपाली चलचि त्र क्षेत्रमा केही पृथक फिल्म निर्देशन गर्ने निर्देशक रामबाबु गुरुङ अहिले चलचित्र ‘साँइली’को निर्देशन गरिरहेका छन् । उक्त फिल्ममा निर्देशक गुरुङसँग नायकद्वय गौरव पहारी र दयाहाङ राई तथा नायिका मेनुका प्रधानले मुख्य भूमिका निमाउँदैछन् ।
सो चलचित्र रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार हुँदैछ । यस चलचित्र चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदैछ । यस फिल्मको प्रदर्शनपछि निर्देशक गुरुङ अर्को एक चलचित्रका लागि जुट्नेछन् ।
खबरका अनुसार ‘कबड्डी ३’मा उनले अहिले हटकेक नायक प्रदीप खड्कालाई काष्ट गर्नेछन् । प्रदीपले यस फिल्ममा साइन गरिसकेका छन् । सिनेमा आर्टको ब्यानरमा बन्ने यो फिल्ममा नायिका पनि फाइनल भएको छ । खबरका अनुसार आना शर्मा यस फिल्ममा जोडिँदै छिन् । यद्यपि, आनाले फिल्म साइन गर्न भने बाँकी रहेको छ । फिल्ममा नायक दयाहाङ राई यथावत रहने बताइएको छ ।
प्रकाशित मितिः २०७५ पुष २० शुक्रबार
Comments