काठमाडौं । चीनमा जारी मिस वर्ल्डमा प्रतिस्पर्धा गरिरहेकी शृंखला खतिवडा ‘हेड टु हेड’बाट बाहिरिएकी छन् । सो प्रतियोगिता अन्तर्गतको ‘हेड टु हेड’को दोस्रो राउन्डमा उनी पराजित भएकी हुन् ।
‘हेड टु हेड’को दोस्रो राउण्डमा छानिएकी शृंखलालाई सिंगापुरकी सुन्दरी भानेसा पेहसँग पराजित भएकी हुन् । दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए जसमा शृंखलाले सिंगापुरकी भानेसासँग प्रतिस्पर्धा गरेकी थिइन् ।नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल २०१८ को ताज पहिरिएकी शृंखलाले हिजोको ‘हेड टु हेड’ च्यालेन्जको दोस्रो राउण्डमा पराजित भएपछि एक भिडियोमा आफ्नो तयारी नपुगेको स्वीकारेकी छन् ।
प्रकाशित मितिः २०७५ मंसिर १६ आइतबार
Comments