काठमाडौं । नायिका आँचल शर्मा हाल अष्ट्रेलियमा छिन् । उनले अष्ट्रेलिया घुम्दै गरेका केही फोटोहरु आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी छन् । तर, यता भने उनले अभिनय गरेका म्युजिक भिडियो युटुबमा धमाधम सार्वजनिक भइरहेका छन् ।
केही दिनअघि मात्र आफ्ना रियज जोडी पल शाहसँगको म्युजिक भिडियो अप्लोड भएको थियो । गत शनिबार मात्र अप्लोड गरिएको सो भिडियोमा पल र आँचल जे पनि हुन सक्छ मायामा भन्दै नाचिरहेको देख्न सकिन्थ्यो ।
त्यसको केही दिन नबित्दे उनी अभिनित अर्को गीत बजारमा आएको छ । ‘जिरो फिगर’ बोलको सो गीतमा आँचलले मोडल एलिश राईसँग अभिनय गर्दै गरेको देख्न सकिन्छ । यसरी हेर्दा नायिका आँचल पछिल्लो समयकी व्यस्त नायिका भन्न सकिन्छ ।
बिहीबार सार्वजनिक भएको सो गीतमा एलिश राईकै स्वर रहेको छ भने विशाल पोखरेलको शव्द तथा कम्पोज रहेको छ । एलिशकै कोरियोग्राफी एवं निर्देशनमा बनेको सो भिडियो विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।
प्रकाशित मितिः २०७५ मंसिर १३ बिहिबार
Comments