काठमाडौं । आजभोलि दर्शक तथा स्रोताले लोक फ्लेवरका गीत रुचाउन थालेका छन् । फिल्ममा समावेश गरिएको थुप्रै लोक विधाका गीतहरुले बजारमा चर्चा पाउन थालेका छन् । ‘सुर्के थैली खै’, ‘रुपै मोहनी’ जस्ता लोक फ्लेबरका गीतहरुले राम्रै चर्चा कमाइरहेका बेला गायक राजेश पायल राईको आवाजमा सजिएको नयाँ गीत बजारमा आएको छ ।
लोक पप विधाको उक्त गीत ‘सलल बग्यो पिखुवा खोला’बोलको सो गीत बिहीबार युटुबमार्फत् सार्वजनिक भएको हो । गीतमा ट्वीन ब्रो लक्षुमनको शव्द रचना रहेको छ भने संगीतकार मनोज साङ्सन राईको संगीत एवं एरेन्ज रहेको छ ।
प्रकाशित मितिः २०७५ मंसिर १३ बिहिबार
Comments