काठमाडौं । चर्चित हिन्दी गीत ‘माई नेम इज लखन’ का भारतीय गायक मोहम्मद अजिजको निधन भएको छ । सोही गीतबाट एकाएक चर्चा बटुलेका अजिजको मंगलबार निधन भएको भारतीय मिडियाले जनाएका छन् ।
६४ वर्षीय अजिज मुम्बईस्थित नानावटी अस्पतालमा उपचार गराइरहेका थिए । अजिजको हृदयघातका कारण निधन भएको बताइएको छ । अजिजले आफ्नो सांगीतिक यात्रामा हिन्दी, बंगालीलगायत भाषाका विभिन्न २ हजार आसपास गीत गाएका छन् ।
अजिजले आफ्नो गायन करिअर बंगाली फिल्म ‘ज्योति’बाट थालेका थिए । पछि उनी सन् १९८४ मा ‘अम्बर’ फिल्मको गीत गाउँदै बलिउडमा छिरेका थिए ।
प्रकाशित मितिः २०७५ मंसिर १२ बुधबार
Comments