भक्तपुर । दृष्टिबिहीन लोकप्रिय गायक ईश्वर अमात्य सम्मानित भएका छन् । अनन्तलिङ्गेश्वर खेलकुद क्लबले सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट चोकमा आयोजना गरेको साँस्कृतिक साँझ २०७५ मा गायक अमात्य सम्मानित भएका हुन् ।
गायक अमात्यलाई बालकोट सहकारीको तर्फबाट रु दश हजार एक सय एक र अभ्युदय सहकारीको तर्फबाट रु ५ हजार ५ सय ५५ सहित सम्मान गरिएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष दिपेश श्रेष्ठले ‘कलाकार राष्ट्रका गहना हुन कलाकारलाई सम्मान गरौं’ भन्ने नाराका साथ अमात्यलाई सम्मानित गरिएको बताए ।
प्रकाशित मितिः २०७५ कार्तिक २९ बिहिबार
Comments