काठमाडौं । बलिउड अभिनेत्री सोनम कपूरलाई अर्की अभिनेत्री कंगना रनावतले कडा जवाफ दिएकी छन् । बलिउडमा चलिरहेको मि टू ह्यासट्यागमा कंगनाले आफ्नो बयान शेयर गरेकी थिइन् । आफूलाई विकासले यौन दुव्र्यवहार गरेको भन्दै कंगनाले पनि झेलेको उल्लेख गरिन् । उनले क्वीन मा संगै काम गरेका विकासमाथि आरोप लगाएकी थिइन् । उनले विकास विवाहित भएपनि दिनदिनै नयाँ युवतीसँग सेक्स गरेको गफ दिने र आफूसँग अनावश्यकरुपमा टाँसिन खोज्ने आरोप लगाएकी थिइन् ।
कंगनाको उक्त अभिव्यक्तमाथि सोनामले कंगनामाथि विश्वास गर्न मुस्किल भएको बताएकी थिइन् । सोनमको यस्तो प्रतिक्रया आएपछि कंगनाले उनीविरुद्ध लेखिन्, ‘मेरो विचारमा मूल्यांकन गर्ने सोनम को हुन् ? म उनको जस्तो बाबुको नाम बेचेर चलचित्र क्षेत्रमा आएको होइन् । ’
उनले थपिन्, ‘मैले देशलाई कयौं नेसनल र इन्टरनेसनल समिट्समा रिप्रेजेन्ट गरेकी छु । युवापीढीका लागि धेरैपटक आदर्शको रूपमा उभिएको छु । तर, सोनाम आफ्नो बुबाको कारण बलिउडमा छिन् ।मैले वर्षौ मेहेनत गरे।र यस ठाउँमा पुगेकी छु ।’
सोनालाई अभिनय पनि खासै नआउने बताउँदै उनले भनिन्, ‘सोनमसँग के छ र ? न अभिनय राम्रो छ न शरीर नै मिलेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २२ गते सोमबार
Comments