काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरले सोमबार एक पत्रकार सम्मेलन गर्दै तनुश्रीको आरोपका बारेमा बोलेका छन् । पत्रकार सम्मेलनमार्फत् सत्य १० वर्षपछि पनि नबद्लिने बताए ।
उनले भने, ‘म त सधैं तपाईंहरुसँग हुन्छु, मलाई केही अफ्ठेरो लाग्दैन । तर, तनुश्रीले जब मलाई यो आरोप लगाइन् मैले यो भन्नुपर्छ कि साँचो १० वर्षपछि पनि बद्लिँदैन । जुन कुरा हिजो सत्य थियो त्यो कुरा आज पनि सत्य छ । र, भोलि पनि सत्य हुनेछ ।’
पछिल्लो समय तनुश्रीले नानामाथि आरोप लगाएपछि नानाले प्रत्येकपटक यस कुरालाई खण्डन गरिहेका छन् । यसभन्दा अघि नानाले सन् २००८ मा पनि यसै विषयमा पत्रकार सम्मेलन गरी यस कुराको खण्डन गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २२ गते सोमबार
Comments