काठमाडौं । लेखक सविन प्रियासनले नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेख्दैछन् । साहित्यकार तथा पत्रकार प्रियासनले ‘सेक्स स्क्यान्डल’ सँग साहसिक रुपमा जुधेकी नम्रता श्रेष्ठमाथि उपन्यास लेखिरहेका छन् ।
उनले नम्रताका बारेमा लामो अनुसन्धान गरेर यसको थालनी गरेका हुन् । उनले यसका लागि अहिले नम्रतासँग फोन सम्पर्क गर्दै आफ्नो काम गरिरहेका छन् । प्रियासनका अनुसार अब आउँदो वर्षसम्ममा नम्रताको उपन्यास तयार हुनेछ ।
प्रियासन ‘सेक्स स्क्यान्डल’ पश्चात साहसिक रुपमा यस परिस्थितिको सामना गरेकी नम्रताका कारण आफू यसको लेखनप्रति प्रेरित भएको बताउँछन् । धेरैले यस्तो परिस्थितिसँग जुध्न नसकेर आत्महत्या गरिसक्ने बताउँदै नम्रताले फिल्ममा निरन्तरता दिएकै कारण उनी यसका बारेमा लेख्न प्ररित भएको बताए ।
हालसम्म ६ वटा पुस्तक प्रकाशित गरिसकेका उनले नम्रताको उपन्यास भने बैशाखमा प्रकाशन गर्नेछन् । उनले उपन्यासको पहिलो पाण्डुलिपी तयार गरिसकेका छन् । यो पाण्डुलिपी उनले काठमाडौंमै आएर नम्रतालाई देखाएको उनले बताए ।
प्रकाशित मितिः २०७५ असोज २२ गते सोमबार
Comments