काठमाडौं । बलिउड अभिनेत्री दिशा पाटनी अभिनेता टाइगर श्राफको साथबाट निस्किएकी छन् । चार वर्षदेखि साथी र तीन वर्ष यता प्रेमिप्रेमिकाको सम्बन्धमा रहेकी दिशा र टाइगरले आफ्नो अफेयर टुंग्याउँदै फेरि ‘साथी’ मात्र हुने निर्णय लिएका हुन् ।
लामो समयसम्मको डेटपछि यो जोडी छुट्टिएको बलिउडमा चर्चा छ । ‘केही दिन अघि दुईबीच निकै ठूलो झगडा भएको थियो । दुवैले मिलेर धेरैचोटि सम्बन्धलाई नयाँ दिशा दिने कोशिस नगरेका होइनन् । तर त्यो कोशिसले सफलता पाएन,’जोडी निकट स्रोतले भन्यो, ‘यही कारण दुवैले प्रेम सम्बन्धलाई अन्त्य गर्ने निर्णय लिएका हुन्। दुवैको हातमा ठूला ठूला प्रोजेक्ट छन् । उनीहरू त्यही प्रोजेक्टमा ध्यान दिन चाहन्छन्।’
सन् २०१८ को सुरुवातमा यो जोडी अभिनित फिल्म ‘बागी २’ बक्स अफिसमा ब्लकबस्टर भएको थियो। फिल्ममा दर्शकले टाइगर र दिशाको जोडीलाई निकै मन पराएका थिए ।
यसपछि ऋतिक रोशनले समेत अभिनय गर्न लागेको फिल्ममा टाइगर र दिशासँगै देखिन लागेका थिए तर अन्तिममा दिशाले फिल्म छाडेकी थिइन् । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज २२ शोमबार
Comments