भक्तपुर । युवा गायक कपिल कसपालको गीति अडियो भिडियो ‘मायाको चेक’ आज सार्वजनिक गरिएको छ ।
रफत सञ्चार क्लबमा आज मायाको चेक गीत यूनिटले पत्रकार सम्मेलनको आयोजना गरि गीत सार्वजनिक गरेको हो ।
गायक कपिल कसपालको स्वर, शब्द र संगीत रहेको उक्त गीतमा पछिल्लो समय चर्चामा रहनु भएकी सन्ध्या बुढा ( काउली बुढि) को समेत स्वर रहेको छ ।
गीतमा नायकका रुपमा नयन डि सि रहेका छन् भने नायिकाका रुपमा श्रृष्टि खड्का रहेको मायाको चेक गीतका निर्माता तथा निर्देशक कसपालले जानकारी दिए ।ललितपुरको पर्यटकीय क्षेत्र गोदावरीमा गितको छायाँकन गरिएको जानकारी दिँदै उनले दुई लाखको लगानीमा भिडियो तयार पारेको जानकारी दिए । रागरागीनि इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा २ लाखको लागतमा निर्माण भएको गीतले मनोरञ्जनात्मक रुपमा जीवनलाई लैजानु पर्ने सन्देश दिएको छ ।
पत्रकार सम्मेलनमा गायिका काउली बुढीलेले सञ्चालनमा ल्याएको आफ्नै युट्युव च्यानल काउली बुढी शोबाट पनि गीत सार्वजनिक गरिएको छ । साथै बिभिन्न सञ्चार माध्यमहरुबाट समेत यो गीत हेर्न सकिने छ ।काउली बुढिले मायाको चेक गीतले युवाहरुको मन जित्न सक्ने दाबी गरिन् । यस्तै गीतले जीवनमा मज्जा लिएर जीउन उत्प्रेरणा मिल्ने समेत उनले बताईन् ।
यो गीत डान्सिङ बिटमा निर्माण भएकाले सबै उमेर समुहको रोजाई पर्ने कसपालले बताए । बिबेक साउन्ड स्टुडियो भक्तपुरमा रेकर्ड गरिएको यो गीत रेकडिङ र मिक्सिङ बिबेक शाक्यले गरेका छन् भने हेम लामाले एरेन्ज गरेका छन् । गीतको नृत्य संयोजन भने बुगिवुगिका नृत्य निर्देशक प्रशान्त तामाङले गरेका छन् ।
प्रकाशित मितिः २०७५ असोज १८ बिहिबार
Comments