काठमाडौं । अभिनेता आमिर खानको आउँदो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ लाई दर्शकहरुले अत्यधिक प्रतिक्षा गरिरहेका छन् । सो फिल्मको चौथो मोसन पोस्टर सोमबार सार्वजनिक भएको छ ।
सो पोस्टरमा आमिर आफैं देखिएका छन् । उनले यस फिल्ममा ‘फिरंगी’को भूमिका निर्वा गर्नेछन् । यसअघि बिग बी अमिताभ बच्चन, फातिमा सेख र कट्रिनाको मोसन पोस्टर सार्वजनिक भइसकेको छ । अभिनेता आमिर खान यस फिल्मको प्रमोशन केही फरक तरिकाले गर्ने तयारी गर्दैछन् ।
यस फिल्म फिलिप मेडोज टेलरले लखेको उपन्यास ‘कन्फेसन्स’ अथवा ‘अ ठग’ मा आधारित छ । विजयकृष्ण आचार्य निर्देशशित फिल्ममा आमिर खान र अमिताभ बच्चनका साथमा कट्रिना र फातिमा सना शेखको प्रमुख भुमिका छ । फिल्म ८ नोभेम्बरमा प्रदर्शनमा आउने भएको छ ।
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments