काठमाडौं । सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै–धेरै’ बोलको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । यस अघी ‘मनको राजा’ र ‘माया’ लगायत सुमधुर गीतबाट श्रोताको अत्यधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युट्युब च्यानल ‘सिर्जना कार्की’मार्फत सार्वजनिक गरेकी हुन् । प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छन् ।
राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीतको संगीत रहेको म्युजिक भिडियोमा ह्यान्ड टुह्यान्ड क्र्यूको साथमा सिर्जना आफ्नै अभिनय हेर्न सकिन्छ । उक्त गीतलाई रामकुमार केसीले छायांकन गरेका छन् भने कोरियोग्राफी र निर्देशन राज महर्जनलेले गरेका छन् । गीतमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments