काठमाडौं ३१ साउन । मिस नेपाल युएसए २०१८ को उपाधि हात पार्न १८ प्रतियोगी भिड्ने भएका छन् । विभिन्न चरण पार गर्दै अन्तिम प्रतिस्पर्धाका लागि उनीहरू उत्रिएका हुन् । १९ अगस्टमा हुन लागेको अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न प्रशिक्षण भइरहेको आयोजकले जनाएको छ । पूर्वमिस नेपाल मलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजीव श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।
अन्तिम प्रतियोगिताका लागि अदिति श्रेष्ठ, आयशा ओझा, एञ्जिला पौडेल, वर्षा बराल, वियंका अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृति ढुंगेल, सुशाना पोखरेल र स्वीकृति भट्टराई छानिएका छन् । प्रतियोगितामा सहभागी प्रायले नेपाल र अमेरिकामा रहेका नेपालीका लागि सामाजिक काम गर्ने बताएका छन् ।
Comments