काठमाडौं ३१ साउन । नेपाली चलचित्र बाँध मायाले को शिर्ष गीत सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको बाँध मायाले गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । गीतको भिडियोमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रतास सेन, विशाल चाम्लिंगको मुख्य अभिनय रहेको छ । यसै चलचित्रबाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गरेका छन् । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । काइट्स इन्टरटेनमेन्टको ब्यानरमा रामहरि धिताल र विभिषिका श्रेष्ठले निर्माण गरेका हुन् ।
चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र असोज ५ गतेदेखि प्रदर्शन हुने छ ।
Comments