भक्तपुर २९ साउन । साउथ इण्डियन सुपरस्टार प्रभासले भारतकै ठूला निर्देशक सञ्जय लीला भंसालीको अफ र अस्वीकार गरेको भारतीय सञ्चार मिडियाहरुले जनाएका छन् । भन्साली निर्देशित फिल्म पद्मावतका लागि आएको अफर उनले अस्वीकार गरेका हुन् ।
खबरकाअनुसार भन्सालीले बाहुबली हेरेपछि प्रभासलाई राजा रतन सिंहको भूमिकाका लागि अफर गरेका थिए । जतिबेला उनी बाहुबली २ का शुटिङमा व्यस्त थिए त्यति नै बेला उनलाई पद्मावतका लागि अफर गरेका थिए । खबर यो छ कि प्रभासले तुरुन्तै भन्सालीको फिल्मलाई नाई भनेका थिए ।
भन्सालीलाई प्रभासको जिउडाल राजा रतन सिंहको भूमिकाका लागि एकदमै सहि लागेको थियो । यसैकारण उनी यस फिल्ममा प्रभासलाई समेट्न चाहन्थे । सुत्रका अनुसार प्रभासलाई फिल्म‘ पद्मावतको सो भूमिका निकै नै हल्का लागेको थियो । जसकारण उनले सो रोल अस्वीकार गरेका थिए ।
उनी ‘बाहुबली २’को भूमिकाको तुलनामा ‘पद्मावत’को भूमिका हल्का लागेको थियो । र, उनले अस्वीरका गरेपछि सञ्जय शाहिद कपूर भेट्न गएका थिए । फिल्म विवादका बाबजुत पनि हिट रह्यो ।
साउथ सुपरस्टार प्रभास पछिल्लो समय ‘साहो’ मा व्यस्त छन् । यस फिल्ममा उनका साथमा श्रद्धा कपूरको पनि मुख्य भूमिका छ । खबरका अनुसार यो फिल्म ‘बाहुबली’ पछिको हिट फिल्म हुनेछ । एजेन्सी
Comments