काठमाडौं ४ साउन चलचित्र रोमियो एण्ड मुना को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले यूट्युब मार्फत ‘तिम्रै लागि हो’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।
गीतमा सृष्टि श्रेष्ठ र विनय श्रेष्ठको अभिनय रहेको छ । यो गीतलाई हर्कुलस बस्नेतले लेखेका हुन् भने संगीत पनि उनको नै छ । त्यस्तै गीतमा गौरव डगोकरको स्वर रहेको छ ।
भिडियोको कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन्। नरेश कुमार केसी निर्देशित फिल्मलाई प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन्। साउन ११ गतेबाट प्रदर्शनमा आउने फिल्ममा एउटा विशुद्ध प्रेमकथा रहेको बताइएको छ ।
Comments