काठमाडौ २३ साउन । बलिउड अभिनेत्री प्रियांका चोपडाको आज जन्मदिन परेको छ। आफ्नो ३६ औं जन्मदिन उनी न्यूयोर्कमा मनाउनेछिन् । त्याहाँका साथीहरुसँग जन्मदिन मनाउने उनको योजना हो।
आफ्ना प्रेमी निक जोनससँग प्रियांकाले जन्मदिन मनाउने भारतीय मिडियामा उल्लेख छन्। मिस वोल्ड २००० समेत रहेकी प्रियांकाले जन्मदिनमा हलिउड टिभी सरिज क्वान्टिकोका सहकर्मीलाई पनि बोलाएकी छिन्। उनले हालै न्यूयोर्कमा घर पनि किनेकी थिइन्।
उनले बलिउडमा निकै हिट फिल्म गरेसकेकी छिन्। लामो समयपछि उनी फिल्म ुभारतु बाट बलिउडमा प्रस्तुत हुने तयारीमा छिन्। त्यस प्रोजेक्टसँगै उनी ुद स्काई इज पिङ्कु मा देखिने छिन्। बलिउड दर्शक उनको नयाँ प्रोजेक्टको पर्खाइमा छन्।
Comments