काठमाडौं १ साउन । बलिउड तथा टीभीकी पुरानी अभिनेत्री रिता भादुडीको सोमवार निधन भएको छ । उनी ६२ वर्षकी थिइन् । कैयौं दिनदेखि उनमा मिर्गौलाको समस्या थियो । उनले लगभग ७० फिल्म र २० वटा टीभी धारावाहिकमा काम गरेकी थिइन् ।
हालसालै उनी स्टार भारत च्यानलबाट प्रसारित धारावाहिक निमकी मुखियामा हजुरआमाको भूमिकामा देखिएकी थिइन् । रिताले हरेक दोस्रो दिन डायलिसिस गर्नुपर्ने हुन्थ्यो । विगत दश दिनदेखि उनी भेन्टिलेटरमा थिइन् ।
उनले खेलेका चर्चित फिल्ममा विरासत, हिरो नम्बर वान, रंग र दलाल हुन् । अनि उनले कुमकुम र अमानत जस्ता टीभी सिरियलमा पनि राम्रो भूमिका निर्वाह गरेकी थिइन् । रिताको अन्तिम संस्कार आजै गरिएको छ । एजेन्सी
Comments