काठमाडौं, २५ बैशाख । चलचित्र ”मनाङ्गे नानी” को ट्रेलर सार्बजनिक गरिएको छ । सार्बजनिक ट्रेलरमा माया, प्रेम, द्वन्द लाई देखाईएको छ । ट्रेलरमा फिल्ममा रहेका सबै कलाकार हरु फिचरिङ रहेका छन् । ट्रेलरमा निकै मनमोहक दृश्यहरुको समाबेश रहेको छ ।
चलचित्रमा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङको अभिनय रहेको छ । खुस बहादुर गुरुङको कथा, पटकथा, गीत, संगीत र निर्देशन रहेको फिल्ममा श्रीकृष्ण फुयालको छायाँकन रहेको छ भने जनक गुरुङको द्वन्द रहेको छ । चलचित्रलाई गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया गुरुङ ले संयुक्त रुपमा निर्माण गरेका हुन् । सुबास गुरुङ, मनाङ गुरुङ ,ओमन गुरुङको नृत्य निर्देशन रहेको चलचित्रमा प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
चलचित्रको छायांकन ७० प्रतिशत भन्दा बढी मनाङका रमणिय स्थानहरुमा भएका छन् । चलचित्र बैशाख २८ बाट प्रदर्शन हुँदैछ ।
Comments