काठमाडौं, २६ चैत । द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी रिहा भएका छन् । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा थुनुवा रहेका खड्गी धरौटीमा रिहा भएका हुन् ।
उच्च अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाएर उनी थुनामुक्त हुन सफल भए । उनलाई काठमाडौं जिल्ला अदालतले गत १८ फागुनमा थुनामा राखेर अनुसन्धानका लागि आदेश दिएको थियो । उक्त पुनरावेदन अनुसार उच्च अदालत पाटनले मुद्दा सुनुवाइ गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
करातेको डकुमेन्ट्री बनाउने भन्दै ११ जनालाई कोरियामा लुकाएको अभियोगमा खड्गी बिरुद्ध उजुरी परेपछि उनी पक्राउ परेका थिए ।
द्वन्द्व निर्देशक राजेन्द्र खड्गी रिहा
0
Share.
Comments