भारत, २२ चैत । बीस वर्ष अघि कालो हरिण मारेको मुद्दामा दोषी ठहर गरी भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले आज सो सजाय सुनाएको हो ।सलमानलाई पाँच वर्षको जेल सजायसँगै १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।
यही मुद्दामा अन्य कलाकार सैफ अली खान, तब्बू, सोनाली बेन्द्रे तथा नीलमलाई अदालतले सफाई दिएको थियो ।
सलमान खानलाई ५ वर्षको जेल सजाय
0
Share.
Comments