काठमाडौं, ५ माघ । ‘डिट्ठा साब’ नामले परिचित कलाकार किशोर भण्डारीको निर्देशनमा चलचित्र ‘चङ्गा’ निर्माण हुने भएको छ । चलचित्रमा ‘बुद्धि तामाङ’हैट’को मूख्य भूमिका रहने जानकारी घोषणा कार्यक्रममा दिइयो ।
चलचित्रका अन्य कलाकारमा कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
यो चलचित्र पूर्ण रुपमा कमेडी कथामा निर्माण हुनेछ । चलचित्रको कथा भण्डारी स्वयमले लेखेका हुन्। रिश्मा तिमिल्सिना यो चलचित्रकी निर्मात्री हुन् । चलचित्रमा रविन आचार्यको छाँयाकन तथा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहनेछ ।
‘डिट्ठा साब’ ले बनाउँदैछन् ‘चङ्गा’
0
Share.
Comments