काठमाडौ, १८ पुस । नेपाली साङ्गितिक जगतमा उत्कृष्ट अभिनय मार्फत छुट्टै स्थान बनाउन सफल सुर्खेती मोडल कमल विष्ट फेरि दर्शकमाझ आफ्नो उत्कृष्ट अभिनयका साथ देखिएका छ्न ।
महाबु फिल्मस प्रालिको प्रस्तुतिमा भर्खरै सार्वजनिक भएको मुस्कान घिमिरेको गीतिएल्वम “सिन्दुर”मा उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गितको म्युजिक भिडियोमा अहिलेकी निकै चर्चित मोडल सारिका केसिले उनलाई साथ दिएकी छिन् ।
गायिका मुस्कान घिमिरेको एकल आवाजमा रहेको यो गीतको शब्द र संगित पनि गायिका घिमिरेकै रहेको छ । गीति एल्बम सिन्दुरलाई बिक्रम चौहानले निर्देशित गरेका छन् । म्युजिक भिडियोको छायाङ्कन भने प्रकाश खड्काले गरेका हुन् । म्युजिक नेपाल प्रा लि ले बजारमा ल्याएको यस गीतलाई मिलन विकले सम्पादन गरेका हुन् ।
माया प्रेमका निकै मार्मिक शब्दले प्रस्फुटीत यो गीतलाई धेरै दर्शक र श्रोताले साथ दिने मोडल विष्टले अपेक्षा गरेका छन् ।
कमल बिष्ट र सारिका केसिको अहिलेसम्मकै उत्कृष्ट अभिनय (भिडियो सहित )
0
Share.
Comments