एजेन्सी, २९ मंसिर । बलिउडका खेलाडी कुमार अक्षयकुमारको नयाँ फिल्म प्याडम्यानको ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर हेर्दा फिल्म सामाजिक सन्देश र समाजलाई जागरुक बनाउने कथा रहेको देखिएको छ । यस अघि ट्वाइलेटको बारेमा फिल्म बनाएर चर्चामा आएका अक्षयले यस फिल्मबाट महिलाले लगाउने प्याडको बारेमा जागरण दिने विषयमा फिल्म बनाएका छन् । फिल्म अक्षयकी पत्नी ट्वीन्कल खन्नाको किताब द लिजेण्ड अफ लक्ष्मीप्रसादको कथामा आधारित रहेको बताइएको छ ।
फिल्म आगामी जनवरी २६ मा रिलिज हुदै छ । अक्षय कुमार, सोनम कपुर, राधिका अप्टे यो चलचित्रको मुख्य भूमिकामा छन् । आर बल्की यो चलचित्रका निर्देशक हुन् ।
अक्षयकुमारको ‘प्याडम्यान’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)
0
Share.
Comments