काठमाडौं, ३० कार्तिक । नेपालकै होचा कलाकार दिपेन शाहको आज बिहान निधन भएको छ । ३१ इन्चमात्र कद भएका शाह केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका थिए । १९ वर्षका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ज्वरो आएपछि अस्पताल भर्ना भएका उनको दुवै मृगौला फेल भएर मुटुमा पनि असर पुगेको बताइएको छ ।
२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार दिपेन टेलिसिरियल ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । उनले सारथी नामक चलचित्रबाट अभिनय यात्रा थालेका थिए ।
उनले गिनिज बुक वल्ड रेकर्डमा संसारकै होचो कलाकारको रुपमा दावी गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।
नेपालकै होचा कलाकार दिपेन शाहको निधन
0
Share.
Comments