काठमाडौं, २२ कार्तिक । लोक दोहरी गायीका निर्मला थापा मगरको नयाँ गीत “गोर्खाली सोल्टी” सार्वजनिक भएको छ । उनको स्वर रहेको उक्त गीतलाई आशिष म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको हो । “गोर्खाली सोल्टी”को म्यूजीक भिडियोमा निर आले र वर्षा मगरले अभिनय गरेका छन् ।
गोविन्द मधुर आचार्यको लय तथा संगीत भएको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । छायांकन करण चैसिर, सम्पादन विष्णु शर्माले गरेको भिडियोको दृश्य निर्माण साई भिजन प्रा.लि. को रहेको छ ।
निर्मला थापा मगरको “गोर्खाली सोल्टी” सार्वजनिक(भिडियोसहित)
0
Share.
Comments