भक्तपुर, २० कार्तिक । माघ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कान्छी’मा समावेश ‘चरी चट्ट परी’ बोलको गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएको छ । अपलोड भएको तीन दिनमा साढे ९ लाख बढी भ्युज कमाउँदै ‘चरी चट्ट’ युट्युबको ट्रेन्डिङ नम्बर एकमा आएको हो ।
गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतमाअभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राईका नृत्य छ । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । श्वेता खड्काको निर्माण अनि आकाश अधिकारीको निर्देशन रहेको ‘कान्छी’ फिल्म मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको छ । कान्छीमा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।
‘कान्छी’मा समावेश ‘चरी चट्ट’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा
0
Share.
Comments