काठमाडौं, १९ कार्तिक । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फाटेको जुत्ता’ले बक्सअफिसमा सुखद सुरुआत गरेको छ । शुक्रबार राम्रो व्यापार गरेको सिनेमाले शनिबार अझ राम्रो व्यापार गर्यो ।
निर्माता अर्जुन कुमारले दिएको जानकारी अनुसार सिनेमाले दुई दिनमा करोड माथि ग्रस कलेक्सन गर्न सफल भएको छ । तर, सिनेमाको टोटल फिगर आईसकेको छैन । सिनेमाको तिन दिने कलेक्सन सोमबार सार्वजनिक गर्ने निर्माताले जानकारी दिएका छन् ।
यो फिल्ममा सौगात मल्ल, प्रियंका काकी, कामेश्वर चौरासिया, अनोज पाण्डे, रविन्द्र झा, आमिर गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन कुमार निर्माता रहेको यो फिल्मका निर्देशक निकेश खड्का हुन् । फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । निरज कँडेलको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ ।
दुई दिनमा कमायो ‘फाटेको जुत्ता’ले एक करोड
0
Share.
Comments