दाङ, १९ कार्तिक । दाङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट बागी उम्मेदवारी दिएकी गायिका कोमल ओलीले आज उम्मेदवारी फिर्ता लिएकी छन् । वलीले वाम गठबन्धनको आधिकारीक उम्मेदवार हिरा चन्द्र केसीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । एक महिनाअघि राप्रपाबाट एमालेमा प्रवेश गर्दा पाएको आश्वासन कार्यान्वयन नभएको भन्दै कोमल ओलीले दाङमा उम्मेदवारी दिएकी थिइन् ।
आफूलाई उम्मेदवारी फिर्ता गर्न एमालेले दबाब दिएपछि उम्मेदवारी फिर्ता लिएको उनले बताइन् । उनले भनिन्, ‘अब म वाम गठबन्धनका उम्मेदवारलाई जिताउन दिलोज्यान दिएर लाग्नेछु ।’ स्रोतका अनुसार एमाले केन्द्रीय नेतृत्वले वलीलाई चलचित्र बोर्डको अध्यक्ष बनाउने आश्वासन दिएपछि वलीले उम्मेदवारी फिर्ता लिएकि हुन् ।
त्यस्तै दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका जगप्रसाद शर्माका दुई बागी उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका नेताहरुसँगको छलफलपछि बागी उम्मेदवारी दिने पूर्व सभासद कुवेर ओली र वाईसीएल केन्द्रिय नेता गेदलाल भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
कोमल वलीले फिर्ता लिईन उम्मेदवारी
0
Share.
Comments