भक्तपुर, १७ कार्तिक । आजबाट दुई नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन् । ‘फाटेको जुत्ता’ र ‘धनवान’ फिल्म आजबाट एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् ।
आई एम सरी गीत र ट्रेलरबाटै प्रतिक्षीत बनेको ‘फाटेको जुत्ता’ मा सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की, वर्षा राउत, कामेश्वर चौरसिया, रवीन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन कुमार निर्माता रहेको यो फिल्मका निर्देशक निकेश खड्का हुन् ।
फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । ‘फाटेको जुत्ता’मा दयाहाङ राई र वर्षा राउत केमियो भूमिकामा छन् । स्टार कास्ट कलाकारका कारण पनि चर्चामा रहेको यो फिल्मले बक्स अफिसमा भने कस्तो धमका मच्चाउने हो, यसतर्फ सबैको नजर केन्द्रित भएको छ ।
यस्तै, दुर्गा खड्काको निर्माण, ऋषि न्यौपानेको निर्देशन तथा मौनता श्रेष्ठको कथा लेखनमा तयार भएको ‘धनवान’ मा भरत थापा, समिता गिरी, दिनेश शर्मा, सुशील क्षेत्री, केदार घिमिरे, सुरविर पण्डित (दाह्री बा) लगायतका कलाकारहरुको अभिनय छ ।
आजबाट ‘फाटेको जुत्ता’ र ‘धनवान’ प्रदर्शन
0
Share.
Comments