एजेन्सी, ३१ असोज । बलिउड अभिनेता अनिल कपूर र उनकी छोरी सोनम कपूर पहिलोपटक ठूलो पर्दामा एक साथ देखिने भएका छन्। बलिउडका वास्तविक बाबु छोरीको यो जोडी छिट्टै एक साथ फिल्ममा देखिने भएका हुन् । दुवैले आफ्नो करिअरमा निकै हिट फिल्म दिएका छन् ।
निर्देशक विधु विनोद चोपडाको आगामी फिल्म ‘एक लड्कीको देखा तो ऐसा लगा’ मा बाबु छोरीले खेल्न लागेका हुन् । तर उनीहले फिल्ममा कुन भूमिका निर्वाह गर्दैछन् भनेर अहिलेसम्म कुनै जानकारी दिइएको छैन् ।
अनिल कपूर र छोरी सोनम एउटै फिल्ममा खेल्दै
0
Share.
Comments