काठमाडौं, २९ असोज । चलचित्र ‘मेला’को ट्रेलर सार्वजनिक भएको छ । युवापुस्तालाई मध्यनजर गर्दै बनाइएको चलचित्रमा कमेडी तथा युवापुस्ताको माया प्रेमलाई देखाइएको छ ।
बसन्त निरौलाले निर्देशन गरेको चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
हरि पन्तको प्रस्तुति रहेको यस चलचित्रमा मनोज के मरोडिया निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, दिव्य सुवेदीको छायाँकन, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ ।चलचित्रमा पवित्रा आचार्य कोरियोग्राफि साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
चलचित्र कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ ।
चलचित्र ‘मेला’को ट्रेलर सार्वजनिक
0
Share.
Comments