काठमाडौं, ९ असार । दीपाश्री निरौलाले निर्देशन फिल्म छक्का पञ्जा–२ को टिजर सार्वजनिक भएको छ । आज हाइलाइट्स नेपालले युट्युवमार्फत सार्वजनिक गरेको १ मिनेट १३ सेकेण्डको टिजरमा दीपकराज गिरी (राजा) र बुद्धि तामाङ (हैट)को रोचक सम्वादलाई देखाइएको छ । दीपकले अन्तिममा भनेका छन्– म सुध्रेको नसुध्रेको हेर्न असोज ११ गते थाहा पाउनेछौं ।
फिल्मलाई निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । आमा सरस्वती गितादेवी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराजका अलावा जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, किरण केसी, प्रियंका कार्की, वर्षा राउतसँगै स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय रहेको छ ।
असोज ११ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई सबैले प्रतिक्षा गरिरहेका छन् ।
‘छक्का पञ्जा २’ को टिजर सार्वजनिक[भिडियो]
0
Share.
Comments