काठमाडौं, ७ असार । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको दिन आज रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने:विद्रोहको नेपाली नाम’ को पोस्टर सार्वजनिक गरिएको छ ।
चलचित्रमा उनको सिङ्गो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । रुदानेको अमित किसोर सुवेदी र विकास ढकालले संयुक्त लेखन तथा निर्देशन गरेका हुन् ।
दावनल क्रियसनले थाहा यात्रासँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्माता जागृत रायमाझी रहेका छन् ।
चलचित्रमा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्य देबले अभिनय गरेका छन् । त्यसै गरि चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अमर सुवेदीलगायत १ सयभन्दा बढी कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा बलिउडका सान्ता राओको छायांकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको छ ।
निर्देशकद्वयले चार वर्षसम्म रुचपन्द्र विष्टको जीवनबारे गहिरो अध्ययन अनुसन्धान गरी चलचित्र तयार पारेको बताएका छन् ।
निर्माण पक्षले यही वर्षभित्र चलचित्र प्रदर्शनमा ल्याउने गरी अन्तिम चरणको सुटिङ भइरहेको जनाएको छ ।
रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्रको पोस्टर सार्वजनिक
0
Share.
Comments