काठमाडौं । ‘मिष्टर नेपाल–२०२३’को काठमाडौं अडिसन आगामी शनिबार हुने भएको छ । देशका विभिन्न स्थानको अडिसनपछि आयोजकले अन्तिम अडिसन शनिबार काठमाडौंमा गर्न लागेको हो ।
काठमाडौं अडिसन शनिबार पानीपोखरीस्थित वालनट बिष्ट्रोमा हुने आयोजक नेक्स्ट मोडल्स्का सीईओ रवि धमलाले जानकारी दिएका छन् । वैशाख २९ गते दमकबाट सुरु भएको पहिलो चरणको अडिसन बिराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरापछि काठमाडौंमा हुन लागेको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
सबै अडिसन सकिएपछि प्रतियोगिताका लागि ३० अन्तिम प्रतियोगी सार्वजनिक गर्ने आयोजकको योजना छ । यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुँदै छ । १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहने प्रतियोगितामा ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।
प्रकाशित मितिः २०८० जेठ १५ सोमबार
Comments