काठमाडौं । सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएका कारण चर्चित बलिउड अभिनेत्री कंगना रणावतमाथि लागेको देशद्रोहको मुद्दा खारेज भएको छ।
भारतको धनबाद अदालतले उनीविरुद्ध लागेको देशद्रोहको आरोप खारेज खारेज गरेको हो । हिजो बुधबार अदालतले कंगनाविरुद्ध लागेको देशद्रोहको मुद्दालाई अघि बढाउन पर्याप्त प्रमाण नपुगेको भन्दै खारेज गरेको हो। उनको मुद्दालाई न्यायाधीश सिद्धान्त तिग्गाले खारेज गरेका हुन् ।
समाजिक सञ्जालमा उनले दिएको अभिव्यक्तिकाविरुद्ध यो मुद्दा गत वर्ष नोभेम्बरमा दर्ता गरिएको थियो । भारतविरोधी बयान दिएको भन्दै कंगनाविरुद्ध दर्ता गरिएका सो मुद्दा अन्ततः एक वर्षपछि खारेज भएको छ ।
प्रकाशित मितिः २०७९ बैशाख २९ बिहिबार
Comments