काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एक अंग्रेजी सहित तीन नयाँ फिल्म प्रदर्शन आएका छन् । फिल्म हुन् ‘षट्कोण’, ‘लक्का जवान’ र ‘डक्टर स्ट्रेन्ज–२’ । ‘षट्कोण’ र ‘लक्का जवान’ नेपाली फिल्म हो, भने ‘डक्टर स्ट्रेन्ज–२’ अंग्रेजी । तीन फिल्ममध्ये ‘डक्टर स्ट्रेन्ज–२’ ले मल्टिप्लेक्समा राम्रो शो पाएको छ ।
‘डक्टर स्ट्रेन्ज–२’ फिल्मका लागि मल्टिप्लेक्सहरुले राम्रो शो दिएको छ । क्यूएफएक्सले आफ्नो १० वटा मेजर स्टेशनमा फिल्मलाई कूल ६६ शो बाँडेको छ । त्यसमध्ये धेरै शो सोल्डआउट भएका छन् । फष्ट पार्टले समेत राम्रो ब्यवसाय गरेको यो फिल्म आजैबाट प्रदर्शनमा आएको दुई नेपाली फिल्मका लागि ठूलो थ्रेट पनि हो । बहुप्रतिक्षित हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज स् २’ विश्वभर एकसाथ रिलिज भएको हो ।
हरर शैलीको यो फिल्म साम राइमीले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेता बेनेडिक्टले स्टेफन स्ट्रेन्जको मुख्य भूमिका रहेको छ । मल्टिभर्स संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो श्रृंखलाको कथावस्तु हो । यस फिल्मको पहिलो भागका केही दृश्यहरु नेपालमा समेत सुटिङ गरिएको थियो । मार्भल फ्रेन्चाइजको नेपालमा थुप्रै फ्यानहरु रहेका छन् ।
प्रकाशित मितिः २०७९ बैशाख २३ शुक्रबार
Comments