काठमाडौं । काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ । प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत समेत गायक बुढाथोकीको सुन्न सकिन्छ ।
रमाइलो शैलीको गीतको भिडियोलाई शिव विकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही ,रेशम फिरिरी ,सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ ।
शिव न्यौपानेको छायांकन, पदम सुबेदीको सम्पादन, राकेश दाहालको कलर र सक्षम पुडासैनीको मेकअप रहेको गीतलाई रसिक म्युजिकले बजारमा ल्याएको हो ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments