काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का फाइनलिस्ट आर्यन तामाङको स्वर रहेको गीत ‘खुसी’ सार्वजनिक भएको छ । अशोक खड्काको शब्द र निरोज लामाको संगीत गीतमा रहेको छ ।
‘खुसी’ नारीको गहना हो यसलाई सम्हाल्न माया गर्नेले सक्नु पर्छ, त्यही हो सच्चा माया भन्ने भाव गीतले ब्यक्त गरेको छ । । गीतको भिडियोमा रोशन कालिकोटे र रविना थिङको अभिनय छ ।
अशोक खड्काको निर्देशन रहेको भिडियो सुशील बानियाँको छायाङ्कन र सुरेश राउतको सम्पादन छ । गीतले श्रोता दर्शकको मन जित्ने विश्वास आफुमा रहेको गायक आर्यनले बनाए ।
प्रकाशित मितिः २०७८ माघ ०९ आइतबार
Comments