काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको आउँदै गरेको चलचित्र ‘सूर्यवंशी’ नोभेम्बर ५ मा रिलिज हुने भएको छ। ‘सूर्यवंशी’ भारतभर करिब ३ हजार स्क्रिनमा एक साथ रिलिज हुनेछ। सो चलचित्र रोहित शेट्टीको निर्देशनमा बनेको हो।
चलचित्रलाई हालै सीबीएफसीले यूए प्रमाणपत्र पनि दिइसकेको छ । चलचित्रमा अक्षय कुमारसँगै कट्रीना क्याफ पनि मुख्य भूमिकामा देखिने छिन्। सो चलचित्रलाका निर्माता करण जोहर हुन्।
यस्तै ‘सूर्यवंशी’को गीत ‘आइला रे आइला’ सार्वजनिक भएको छ। सो गीतलाई अक्षय कुमारले सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गरेका छन्।
प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार
Comments