काठमाडौं । कोरोना भाइरसका कारण गत वर्षमा हुन नसकेको इभेन्ट कार्यक्रम यो वर्ष सञ्चालन भएको छ । अमेरिकाको न्यूयर्कमा ‘MET GALA – २०२१ फेसन शाे’ सम्पन्न भएको छ । मेट गालालाई फेसन दुनियाँको सबैभन्दा ठूलो र स्टारहरुले भरिने कार्यक्रम मानिन्छ । उक्त सोमा विश्वभरका चर्चित फिल्मी स्टार देखी गायक मोडलहरुको सहभागिता रहेको थियो ।
उनीहरुले विभिन्न तरिकाको कपडा लगाएर आफ्नो फेसन सो गरेका छन् । जेनिफर लोपेज, मेगन फक्स लगायत धेरै स्टारहरुको सहभागिता रहेको थियो । यसवर्षको पहिरनको विषयवस्तु ‘इन अमेरिका : अ लेक्सिकन अफ फेसन’ राखिएको थियो । पाहुनाहरुले म्याट्रिक्स चलचित्रदेखि स्टाचू अफ लिबर्टीसम्ममा आधारित रहेर पहिरन तयार गरेका थिए ।
कोही स्टारहरुले आफ्नो हातमा तर्वार बोकेका थिए त कसैले गोल्डेन सुपरहिरो सुट लगाएका थिए । उक्त फेसन सोले धेरैको ध्यान खिचेको छ । स्टारहरुले लगाएका कपडाको अहिले निकै चर्चा हुन थालेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ भदौ २९ मंगलबार
Comments