काठमाडौं । गायिकाद्वय टिका सानु, सम्झना कडेँल र गायक सुन्दर परियारको स्वरमा रहेको ‘आकासै राम्रो जुन लाएर’ गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि बीचको प्रेमको भावनालाई गीतमा समेटिएको छ ।
सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।
प्रकाश खड्काको छायांकन, विनोद बमको सम्पादन तथा मान सिंह खड्काको निर्देशन भिडियोमा रहेको छ ।
गीतको भिडियोमा टिका सानु, सम्झना कडेंल, मान सिंह खड्का, किरण मगर, मनिषा र सजिनाको अभिनय रहेको छ ।
प्रकाशित मितिः २०७८ जेठ २२ शनिबार
Comments