काठमाडौं । गायक बिमल खड्का र धुर्ब न्यौपानेको वियोगान्त कथा बोकेको बास्तविक घटनामा आधारित् लोकगीत ‘देवः लक्ष्मी’ को भिडियो सार्वजनिक भएको छ ।
भिडियो डि ए आर मुभीज एण्ड फिल्म्स ई प्रा।लि। को अफिसिल च्यानल मार्फत सार्वजनिक भएको हो ।
लय शब्द र संगीत धुर्ब न्यौपाने को रहेको गीतको भिडियोमा बिमल खड्का र मोडल सपना खड्काको अभिनय रहेको छ । गीतमा संगीत निर्देशन प्रभावन जे को रहेको छ ।
साजन पराजुलीको निर्देशनमा बनेको भिडियोमा छायांकन मधुर बस्नेत, सम्पादन कृष्ण गौतमको रहेको छ भने गीतको अडियो रेकर्ड एक्शन स्टुडियो नेपाल अनामनगर मा भएको हो ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७८ बैशाख २५ शनिबार
Comments