“त्यो एक भूल”

0

। मुना बस्नेत । “नवराज दाहाल” एक असल र सारा गाउँमा जजमानका गएर धार्मिक कर्मकाण्ड गर्ने ख्याती प्राप्त पुरोहित दिने दाहालको जेष्ठ सुपुत्रको नाम थियो । समाज एक्काइसौं शताब्दीको रुपरङ्गले समाजका भित्ता भित्तालाई पोतिरहेको त्यो अवस्थामा भने दिनेश दाहालको घरको भित्ता भने २१ औं शताब्दीको रुपरङ्गले रंगिन हुन सकेन । कारण उही जात, भात, कुलघरान, धर्मसंस्कृति अनि पाप धर्मको कुरा, जसले दिनेश दाहाललाई गहिरो छाप भित्र मन मास्तिक देखि नै परिसकेको थियो । गाउँ ठाउँमा दिनेश दाहाल एक यस्ता पुरोहित थिए जसको प्रशंसाको खेती चार गाउँमा सम्म गरिन्थ्यो ।

समाजका मानिसले जति आपूmले आफ्नो घरको भित्तालाई २१ औं शताब्दीको रुपरङ्गले रङ्गीन गरेता पनि ती व्यक्तिहरुका मन मस्तिकमा भने धर्म, परम्परा, अनि परापूर्वकाल देखि चलिआएको त्यो प्रवृति भने पक्कै थियो । यसको फलस्वरुप सारा गाउँलेहरुले आफ्नो घरमा कुनै कर्मकाण्ड गर्न होस्, कुनै पूजा आजा वा कुनै एका पूराण लगाउन होस् ती सबैको मनमा वा ओठमा झुन्डिने नाम हो , पुरोहित दिनेश दाहाल । लामो अवधि र पुर्खाको धर्म वा बाबुबाजेले गर्दै आएको पुरोहित पेशा तल्लीन हुँदा हुँदै दिनेशको चिन्ता थियो, अब उसको शेखापछि यो पुरोहित गर्ने कसले ? उनमा एउटा थियो हजुरबुबाले बुबालाई हस्तान्तरण गर्नुभयो, उनका बुबाले उनलाई हस्तान्तरण गर्नुभयो ।

उनको सोच्ने अब आफ्नो जेठो छोरो नवराज दाहाललाई हस्तान्तरण गरी आफ्नो बाँकी समय काशीको त्रिवेणी घाटमा गएर बिताउने ठूलो सपना थियो । जुन सपनालाई सार्थकता प्रदान गर्न दिनेशले आफ्नो घरमा रहेको श्रीसम्पति बेचेर होस् या आफूले जजमानी गरेर कमाइएकोबाट जर्गेना गरेर उसले आफ्नो छोरो नवराजलाइ भारतको संस्कृति विद्यालयमा अध्यापन गराएर उसले आफ्नो छोरोलाई धर्मकर्म, धार्मिक ग्रन्थमा मायूर बनाएको थियो । छोरोले बाउबाजेको बिडो थाम्नेमा कुनै दुइमत थिएन, सारा गाउँलेहरुले दिनेश लगायत उनको छोराको सबैले जय जयकार गरीराखेका हुन्थे ।

जजमानी गर्दा गर्दै दिनेश दाहाल पनि ७० को उमेरमा पुगिसकेका थिए, उनको उमेरको नटो अनि बुढ्यौली समयमा आइपर्ने समस्याले दाहाललाई जजमानी गर्न सारै गाह्रो हुन थालिसकेको थियो । उनकोे अनुपस्थितिमा उनका जेठा छोरा नवराजले जजमानी गरीदिएर बाबुको कमीको महशुुसलाई परिपूर्ति गरिदिएका हुन्थे । बाबुको भन्दा मीठो बोली, रसिलो अनि फरसिलो नवराजको स्वभाव भएकाले होला, प्राय गाउँलेहरु आफ्नो घरमा पुजाआजा होस् या कुनै धार्मिक कार्य गर्नु परेमा नवराजलाई नै सम्झन पुग्थे । त्यस्तो छोरोको स्वभाव अनि गाउँले रुचाएकाले दिनेशले भित्र देखि नै खुशीको अनुभूति गरिहेको थियो । आफ्नो मृत्युपछि के हो के हो तर अब भने आफ्नो कार्यकालमा आफ्नो बिडो छोराले थामेकोमा उ भित्र देखि नै आत्मसन्तुष्टि महशुस गरिराखेको थियो भने अब छोराको विवाह गरिदिएर कासी प्रस्थान गर्ने सोचमा पुगछ पुरोहित दिनेश ।

पटक पटक छोरालाई एक सय एक कन्या केटी देखाइ कुन हुन्छ छोरा, तिमीलाई कुन मनपर्छ तिम्रो अर्धाङ्गनी बनाउन जवाफ देउ भनी उ छोरालाई प्रश्न गरिरहेको हुन्छ तर छोरा मौन बस्छ, ढुंगा बोल्छ तर छोरो बोल्दैन । दिनेशकी धर्मपत्नी लगायत परिवारका सदस्यहरु सबैले नवराजलाई बिहे गर्नको लागि कुन मन पर्यो बाबु भन भनी सोध्दा पनि उसबाट कुनै उत्तर आउँदै अनि उसको यो स्वभावले सारा परिवार चिन्तित बनाएको थियो । छोरो विवाह नगरी बस्ने हो कि भन्ने सोचले दिनेशलाई भित्र भित्र पिरोलिरहेको थियो । उसको मनमा अनेकन शंकाका प्रश्नले डेरा जमाउन थालिरहेको थियो भने कतै छोराले कोहीसँग माया प्रेम त गरेन, आदि इत्यादि खैर प्रेम गर्नु पाप होइन तर यदि छोरोले आफू भन्दा तल्लो जातको केटीसँग प्रेम गर्यो कि भनेर उ सोचमा डुब्दथ्यो । आजको दिनसम्म उसले आफ्नो बाबु बाजेको विडो थाम्नका

लागि , जति प्रयास, संघर्ष गरेको थियो त्यो सबै एकदिनको भेलले बगाएर त लाने होइन भनी मनमा कयौं पाप, धर्मको कुण्डलीमा लेखा जोखा गर्दै थियो । दिनेश जति पाप धर्मको कुण्डलीमा लेखाजोखाको कित्ता काट गर्दा पनि वास्तवमा नै उसले छोराले किन विवाहका सबै प्रस्तावलाई इन्कार गरिरहेका छन् भन्ने निचोड भने दिनेशले निकाल्न सकिरहेको थिएन । त्यो गाउँ ठाउँ अनि त्यो गाउँले परिवेश अनि जातभातमा गरिने त्यो कटरवादी सोच अनि विचारले ग्रसित त्यो वातावरणमा के होला यदि साँच्चिकै दिनेशले सोचे जस्तो वास्तविकतामा परिणत भईदिए ? कल्पना यसो गरम त ? पटक पटकको त्यो विवाहको प्रेसरले नवराज लगमंग मानसिक सन्तुलननै गुमाउन पुगिसकेको थियो भने उसले पटक पटकको विवाहलाई नकार्नुको वजय उसले आफू लगाएत परिवारको कुनै सदस्यलाई पनि साटासाट गर्न सकिरहेका थिएन ।

बिवस्ता उसको या बाध्यता यो समयले बताउँछ । लामो समयको परिवारको कचकच अनि लामो पखाई पछि एकदिन नवराजले परिवारको सदस्य सबैलाई आश्चर्य चकित पार्दै घरको दैलो अगाडी घुम्टोले अनुहार छोपिएको, र्हेदै बेहुली जस्ती भेषभुषामा सजिएकी एक युवतीलाई नवराजले आप्mनो दाहिने पट्टि राखेर आफू बेहुलाको भेषभुषामा सजिँदै घरमा आगमन गर्छ । एक्कासी आमा वा बा आमालाई सम्बोधनको आवाज , धुनि वा आमाकै कानमा पुग्छ अनि बाहिर निक्लेर किन आवाज दिइरहेको भनी बाबु बाबु भन्दै दिनेश र उनकी श्रीमती बाहिर निक्लिन्छन्,। अनि बाहिर जुन परिवेशको दृश्य दम्पतीको कल्पना पनि गर्न सकिरहेको थिएन , त्यही तिनका सामु प्रष्ट सँग झल्किरहेको थियो । सन्नाटाहा नै छायौ एकछिन त ः सबै मौह भए, सबै स्तब्ध भए ।

खुशी मनाउ या दुःख दिनेशले सोच्न सकिरहेको थिएन । खैर छोराको विवाह गर्ने उमेर भाको अनि पटक पटक विवाहको प्रस्ताव राख्दा नकारेको छोरोले अन्तत विवाहनै गरिहाल्यो भन्दै दिनेशले आफ्नो पोलिएको मनमा मलम पट्टि लगाउन कोशिस गरिराखेको थियो । जे जस्तो होस् पण्डितको छोरा अनि धर्मकर्मको गतिलो छाप परेछ । दिनेश दाहालले आफ्नो अगाडि धार्मिक कार्य अनि विधिलाई पहिलो प्राथमिक दिहाल्थ्यो । अनि श्रीमतीलाई अब जे हुनु भइसक्यौ अब जाउँ छोरा बुहारीलाई घर भित्र्याउनको लागि गरिने सम्पूर्ण तयारी गर्न सुझायो । विधिको त्यो पहिला कार्य अनुरुप टिका लगाउन हातमा थाली लिइ अघि सर्दै खै त नानी घुम्टो उठाउत, तर बुहारी नानीले दिनेशको त्यो प्रश्नको कुनै प्रतिक्रिया नै जनाइन अनि फेरी बाबु नवराज बुहारी नानी लजाईन जस्तो छ, तैले भएपनि नानीको घुम्टो माथि सार्दै त, भनी बाबुको बचनलाई भुईमा नै खस्न नदिइ नवराजले आप्mनो अर्धाङ्गनीको घुम्टो उठाइदिन्छ ।

अनि त्यो चम्किलो अनुहार, हेर्दै स्वर्गको साक्षात अपसरा जस्तो देखिने , नानी तिमी कसको छोरी भन्दै दिनेशले आफ्नो हातमा एक मुठी अक्षेता लिइ यसो निधारतिर आफ्नो हातलाई अघि बढाउँदा एक्कासी दिनेशको सातो जान्छ, ऊ एक्कासी छानाबाट त खसेको जस्तो हुन्छ, त्यो हातको अक्षेता अनि अर्को हातले बोकिएको थाली सबै भुइमा यत्रतत्र छरिन्छ भने दिनेश भुईमा मुर्छा पर्छ । अनि एक्कासी त्यो छ दशकको समयावधी पार गरेको बुढा मानिस दिनेश आँसु खसाल्छ , लामो लामो सास लिँदैं बाबु नवराज किन यसो गरिस् बाबु, तैंले यसो किन गरिस् बाबु, बुढोले आफ्नो हात र टाउको भुईमा बजार्दै एक्कासी लामो सास लिन्छ, घिटि घिट गर्दा गर्दै आफ्नै घरको आँगन अनि उही छोरा नवराज अनि बुहारीको खुट्टामा लमतरान भएर प्राण त्याग्य । दिनेशकी श्रीमती यानि की नवराजकी आमा मुटु फुटाएर ए हजुर ए हजुर भन्दै रुन थालिन् अनि उही नवराज अनि उसको श्रीमतीलाई तथानाम भन्दै अपशब्द प्रयोग गर्दै गाली गर्दै जहाँ मेरो घरबाट याहाँ एकपल पनि बस्नु पर्दैन भन्दै सराप्न थालिन् । तर बाबुको लास आफ्नो खुट्टा अगाडी लमतरान थियो भने गाउँलेहरु दिनेशको घरमा आउने क्रम र रुवाबासी बढ्ने क्रम जारी थियो । नवराज भने एक पाइला पनि यता उती सरेको थिएन् ।

उसले बुबालाई बुबा बुबा के भयो हजुरलाई भनि एक शब्द पनि बोल्न सकिरहेको थिएन । पिताको शव अघि उसको आँखा रसाएका थिएनन् भने उ निर्जिब अवस्थामै थियो । हिन्दु शास्त्र अनि धार्मिक कार्य अनुसार दिनेशको लासलाई मसानघाट तिर लागन सबै तयारीमा लाग्छन् । मसानघाटको त्यो चित्तामा दिनेशको दाग बत्तिको पर्खाइमा थियो भने डिल पारिबाट नवराजले सबै दृश्य मुखदर्शक भएर नियाली रहेको थियो । एक पुरोहितले चित्तामा दागबती दिए सँगै दिनेशको भौतिक शरिर खरानीमा परिणत हुन्छ । समयले नवराजलाई बाबुको किरिया गर्नबाट पनि रोक लगाउँछ तर यति हुँदा सम्म पनि उ केही बोल्न सकिरहेको थिएन भने जिउँदै उसलाई पश्चातापले भित्र भित्र देखि मरेतुल्य पारिराखेको थियो । यसको बाबुले त सदाका लागि नवराजलाई छाडिसकेका थिए भने जिवित रहेकी आमाले सम्पूर्ण घटना क्रम पश्चात नवराजलाई छोराबाट परित्याग गरिसकिन् ।

१ वर्षको कार्य समयको अवधिले बाबुको ४५ औं पनि समाप्ती हुन्छ अनि नवराजको आमाले आफ्नो सम्पूर्ण भएको सम्पति अनि जायजेथा नवराजको नाउँमा पास गरेर उनी कासी प्रस्थान गरिन् । नवराज आयो भने मलाई खोज्ने कोसिस नर्गनु भन्ने जानकारी दिन छिमेकी गाउँलेहरुलाई आग्रह गर्दै उनी कासी लागेकी थिइन् । नवराजले आमा कासी लागेको जानकारी पाए पछि गाउँ आउँछ , जव उ गाउँमा पुग्छ उसकी आमाले भनेको सबै बिषय जानकारी गराउँदै उसलाई दिनु भनेर दिएको सम्पूण जायजेथाको कागज उसलाइ दिइन्छन् । नवराजका अघि बाबुको मृत्यु र आमाको कासी प्रस्थानका बारे गाउँलेहरुले गाँइ गुँई गर्न थाल्छन् । यो एक संयोग हो कि वास्तविकता नवराजले केही पत्तो लाउन सकिरहेको थिएन । उसले मात्र प्रेम गरेको थियो, अनि प्रेमले जातभात, कुलघरान अनि सम्पति कहिले हेर्दैन जसको फलस्वरुप उसको लागि पारी गाउँकी एक विश्वकर्माको छोरीसँग प्रेमलाप भएको थियो । अनि आफ्नो त्यो प्रेमलाई सार्थकता प्रदान गर्न उसले विवाह गरी आफ्नो घरमा मात्र के ल्याएको थियो सारा उसको जीवन नै कायपलट भयो ।

समाजमा जति पनि जातभात अनि कुलघरानको समाप्तीमा कुरा गरेता पनि भित्र भित्र यसले पुरै जरो गाडेर बसेको तितो सत्य हामीले नवराजको जीवनबाट पाउन सक्छौं । त्यही समय हो, जसले उसलाई आफ्नो बुबाको दागबत्ती दिने अधिकार अनि बुबाको किरिया बस्ने अधिकारबाट बञ्चित गर्दै, जजमानीको त कुरो परै जाओस् । पिडित मन अनि पोलिएको व्यथालाई आत्मसाथ गर्दै उसले आफ्नो सम्पूर्ण सम्पति बेची शहरमा आएर एउटा सस्तो जग्गा किनेर चारैतिरबाट टिनले छेकेर, आफ्नो सानो संसार बनाउन थाल्यो, साथमा आफ्नो उही विश्वकर्माकी छोरी यानिक उसको अर्धाङ्गनी ।

दुःख सुःख चल्दै थियो, सबै कुरालाई एक तितो कथाका रुपमा लिएर उनीहरु आफ्नो जीवनलाई रङ्गीन बनाउन लागिरहेका थिए । ती नवराज दम्पति । कयौं सपनालाई पुरा गर्न अन्तत नवराज खाडीमुलुक प्रस्थान गर्ने निर्णय ग¥र्यो । जीवनमा यति धेरै दुःख, रगत पसिना एकै पारी उसले खाडीमुलुकमा दुःख गरी दिनरात एक्कै बनाएर आफ्नो सानो संसारलाई एकदम सुखमय बनाउन चाहन्थ्यो । यही सपनालाई मनमा बुनि उसले खाडीमुलुकमा कमाएको सारा रुपैंया श्रीमतीको नाउँमा पठाउँदै उसले त्यो टीनले बारिएको त्यो घरलाई ईट्टा अनि सिमेन्टको वालले बनाउन चाहन्थ्यो । २ वर्षको भिसाको अवधिका लागि खाडीमुलुक प्रस्थान गरेका नवराजले उतै भिसाको अवधिलाई ३ वर्ष बढाएर कडा भन्दा कडा दुःख र मिहिनेत गरीरहेका थिए भने सासु, ससुरा अनि घरको माया नपाएकि उसको अर्धाङ्गिनीलाई उ अधिक सुख दिन चाहन्थ्यो ।

काठमाडौंमा किनेको त्यो तीन आना जग्गा पनि उनकै नाममा राखिदिएको थियो भने खाडीमुलुकबाट पठाएको पैसाले निमार्ण भएको दुईतल्ला घर पनि उही श्रीमतीकै नाउँमा थियो । हिजो गएको जस्तो लाग्थ्यो तर समय कति चाँडो बितेको पत्तो नै हुँदैन रहेछ । नवराज घर यानिकी स्वदेशी माया त्यो स्वेदशी स्वाभिमान, अनि त्यो वाट्सअप मा हेरिएको त्यो घरलाई आज ऊ स्पर्श गर्न पाउने भएकोले भित्र मनदेखि उ आतुर भएको छ, ती सबै उसका लागि माध्यमिक थिए सबैभन्दा बढी त उ आफ्नो प्रेमिका यसको लािग उसले भोगेका सम्पुर्ण कुरा पुन उ सम्झन पनि चाहँदैन, आज उ त्यही उसको मन अनि मुटुलाई भित्र मन देखि नै स्पर्श गर्न पाउँछु यानिक उसको अर्धाङ्गिनीलाई ऊ भेट्दै छ लामो ५ वर्षको समयावधी पछि ।

मनमा कयौं उज्याला अनि उमंगका दियो बाली अन्तत उही नेपालको त्रिभुवन विमानस्थलमा पाइला टेक्छ विचार नवराज जन्मभूमिलाई आफ्नो पाइलाले टेक्नु अघि टाउकोले हवाइजहाज भित्रबाट नै ढोक्छ अनि भित्र मन देखि जननी जन्मभूमि भन्दै आफ्नो पाइला टेक्छ । विमान स्थलबाट यताउती हेर्छ विचार उसको पर्खाइ उसकी श्रीमती कतै हुँदिनन् प्रतिष्ठाको घडी यती तीव्र गतिमा अघि बढ्छ तर उसको श्रीमतीलाई उसले विमानस्थलको प्रतिक्षालयमा पाउन सक्दैन, विचरीलाई के भएछ, कि विमारी भइ भनेर मनमा कयौं प्रश्नलाई उब्जाउँदै उ फोन गर्छ तर उसले श्रीमतीको नम्बरमा डायल गर्दा तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बर बन्द गरिएको छ भन्ने मात्र उत्तर पाउँछ । श्रीमतीको नम्बरमा डायल गर्दै उही त्यही आफ्नो घरमा पुग्छ तर घरमा उसको श्रीमती हुँदिनन्, अन्तत उसको त्यो घर अरु मानिसलाई नै बेचिएको रहेछ अनि नवराजको नाउँमा श्रीमतीले छोडिदिएको एउटा अन्तिम पत्र थियो ।

पत्रमा कम अनि सटिक शैलीमा लेखिएको रहेछ, म अर्कैैसँग विवाह गरेर गइसकेको छु कृपया मलाई खोज्ने कोसिस नगर्नु होला । यतिको शब्द अनि शब्द भित्र रहेका वाक्यलाई न्वरांनलाई उही पुरानो उसको विगत जुन बेला आफ्नो खुट्टामा आफ्नो बुबाको लास लमतरान रहेको थियो अनि उसको प्रतिमूर्तिमा आज ऊ फेरी एक पल्ट उही पुरानो अवस्थामा पुगिसकेको छ । जे हुनु भैसक्यो तर अब यसको विकल्पमा मैले उसलाई मार्नु प¥र्यो, मन शान्तका लागि तैपनि मैले कमाएको अनि पुख्र्यौली सम्पति बेचेर किनेको जग्गा जमीन त पक्कै आउने होइन फर्केन भन्दै सोचमा डुब्छ नवराज दाहाल । खैर आफ्नो अर्धाङ्गिनीलाई भेट्न चाहन्थ्यो मात्र एक पटकको लागि तर उसलाई उसले भेट्न सकेनन् । नेपालमा सानो तिनो काम गर्दै कोठामा एक्लो जीवन बिताउँदै उसले १ वर्षको समयावधी पार गरिसकेको हुन्छ ।

अन्तत उसले एक गरिब अनि दुःख पाइएको एउटा केटीसँग फेरी दोस्रो विवाब बन्धनमा बाँधिन छ । उही कोठामा राखि अब फेरी नयाँ सपना अनि उमंगका साथ खाडीमुलुक पुग्छ अब भने उसले दुई वर्षको अवधि भन्दा बढी नबस्ने निधो गर्छ । आफ्नो नवविवाहित श्रीमतीलाई विगतका सम्पुर्ण घटनाहरुको बोलीविस्तार लगाउँदै ऊ खाडीमुलक प्रस्थान गर्छ, दुई वर्षको अथक प्रयास अनि मिहिनेतले उसले ३०÷४० लाखको घर सहितको घडेरी किन्छ अनी उही श्रीमतीसँग नेपालमा नै केही गरी बस्ने सपनालाई सार्थकता प्रदान गर्दछ नवराजाले । अन्तत उसको जीवन खुसीमय हुँदै थियो, काठमाडौंमा नै पसल गरी श्रीमान् श्रीमती दिनरात खटिइ कमाइ रहेका थिए भने यो बेलामा नवराजले आफ्नो घरजग्गा अनि सम्पुर्ण बैंक ब्यालेन्स सबै आफ्नो नाउँमा राखेको थियो । सायद अगुल्टाले हानेको कुकुर बिजलीदेखि तर्सिन्छ भने झै होला ।

समय राम्रो चल्दै थियो, उनीहरुको संसार राम्रै थियो एकदिन एक्कासी उही पुरानो श्रीमतीले नवराजलाई बहुविवाहको उजुरी गरिन् । अनि साथमा नवराजसँग छोडपत्रका लागि पनि निवेदन दिएकी रहेछिन् । अन्तत नवराजलाई बहुविवाहको कुसुममा ३ वर्षको कैद भयो भने आफ्नो सम्पुर्ण सम्पति तीन भागमा भाग लगाइयो । एक हिस्सा जेठी श्रीमतीले पाइन, अर्को हिस्सा कान्छीले र बाँकी आफूले । यही ३ वर्षको उसको जेल जीवनमा उसलाई उसको कान्छी श्रीमतीले पनि छाडेर

गइन । यसको फलस्वरुप यी सबैको बेदना सहन नसकी नवराजले जेलमा नै पासो हाली यो संसारलाई नै परित्याग गरिदियो । कथा समाप्त

प्रकाशित मितिः २०७५ फागुन २४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション