काठमाडौं । एएफसी कप २०२१ को प्रारम्भिक चरणअन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलिसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ ।
दशरथ रंगशालामा हुने उक्त खेल नकाउटका आधारमा खेलाइने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख ब्रजेश महर्जनले जानकारी दिए ।
प्रतियोगितामा भाग लिन श्रीलंकन टोली चैत २२ र २३ गते काठमाडौं आउने भएको छ । प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि ५०० रुपैयाँ र साधारणतर्फ ३०० रुपैयाँ शुल्क कायम गरिएको बताइएको छ ।
प्रतियोगिताका तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । प्रतियोगिताका लागि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । आर्मी क्लबले श्रीलंका टिमलाई सशक्त प्रतिस्पर्धी टिमकै रुपमा लिएको जनाएको छ ।
प्रकाशित मितिः २०७७ चैत्र २० शुक्रबार
Comments