काठमाडौं । वेल्सले विश्वकप छनौटको लागि राष्ट्रिय टिममा रहेका तीन खेलाडीलाई रिलिज गरेको छ ।
द फुटबल एसोसियसन अफ वेल्सले एफएको प्रोटोकल तोडेपछि तीन खेलाडीलाई रिलिज गरेको हो । वेल्सले रिलिज गरेको खेलाडीमा हल रोबसन कानु, रब्बी माटोनडो र टेलर रोबर्ट्स रहेका छन् ।
वेल्सले तीन खेलाडीलाई रिलिज गरिएको पुस्टि गरेको छ । तर, वेल्सले कारण भने खुलाएको छैन । वेल्सको टिमले कार्डिफमा तयारी गरिरहेको छ ।
विश्वकप छनौट अन्तर्गत वेल्सले मंगलबार राति चेक रिपब्लिकसँग खेल्दैछ ।
तीनै खेलाडी वेल्सको सुरुवाती-११ मा पर्ने खेलाडी हुन् ।
वेल्सले टिमबाट रिलिज गरेपछि लिड्स युनाईटेडका फरवार्ड रोबर्ट्सले क्षमायाचना गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १७ मंगलवार
Comments