काठमाडौं । जापानी खेलाडी नोआमी ओसाका मियामी ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
मंगलबार बिहान भएको खेलमा बेल्जियमकी एलिस मेर्टेन्सलाई पराजित गर्दै ओसाकाले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।
दोस्रो वरियताकी ओसाकाले १६ औं वरियताकी मेर्टेन्समाथि ६-३ र -३ को सेटमा जित निकालिन । ओसाका पहिलो पटक मियामी ओपनको क्वाटरफाइनलमा पुगेकी हुन् । अब ओसाकाले ग्रीसकी मारिया सक्कारीसँग खेल्ने छिन् ।
विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी पनि क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
बार्टीले १४ औं वरियताकी भिक्टोरिया अजारिन्जालाई ६-१,१-६ र ६-२ को सेटमा पराजित गरिन् ।
कोरोना भाईरसको महामारीपछि बार्टीले पहिलो पटक विदेशी प्रतियोगिता खेलेकी हुन् । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १७ मंगलवार
Comments